हालका सूचना
नेपालको संबिधान २०७२ को भाग १३ धारा १६२मा प्रदेश कार्यपालिका सम्बन्धी ब्यबस्था भए बमोजिम कोशी प्रदेश, मन्त्रिपरिषदको गठन संविधानको धारा १६८ अनुसार मिति २०७४/११/३ गते भएको हो । नेपालको सविंधानको अनुसूची ६ मा रहेको प्रदेश सरकारको अधिकारको सूची बमोजिम यस मन्त्रालयले मूख्यत शान्ति सुरक्षा¸ प्रदेश प्रहरी¸ प्रदेश अनुसन्धान ब्युरो¸ बिपद ब्यबस्थापन¸ द्वन्द ब्यबस्थापन¸ कानून¸ न्याय¸ सञ्चार तथा प्रदेश सभा मामिला सम्बन्धी कार्य गर्दछ ।
कोशी प्रदेशको अस्थायी राजधानी नेपाल सरकार¸ मन्त्रिपरिषदको मिति २०७४/१०/३ गतेको बैठकबाट तोके अनुसार यो मन्त्रालय बिराटनगर महानगरपालिका वार्ड नं. १०¸ सोमबारे हाट नजिक रहेको छ । यस मन्त्रालयको अस्थायी संगठन संरचना अनुसार प्रदेश सचिव रा.प. प्रथम(प्र)¸ ४ वटा महाशाखाहरु (प्रशासन तथा योजना महाशाखा¸ यातायात व्यवस्था महाशाखा, शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन महाशाखा र कानून तथा प्तरदेश सभा सचिवालय महाशाखा)¸ माननीय मन्त्री ज्यूको निजी सचिवालय र ११ वटा शाखाहरुमा समेतमा गरी ५८ जना कर्मचारी दरबन्दी रहेको छ ।
...मिति | सम्झौता नं. | सूचना / प्रेस विज्ञप्ति | डाउनलोड | अवस्था |
Update Coming Soon |