महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ चौलाथ्व पञ्चमी - ५

परिचय

नेपालको संविधानको भाग १३ धारा १६२मा प्रदेश कार्यपालिका सम्बन्धी व्यवस्था भए बमोजिम तत्कालीन प्रदेश नं.१ मन्त्रिपरिषद्को गठन संविधानको धारा १६८ अनुसार मिति २०७४/११/३ गते भएको हो । नेपालको सविंधानको अनुसूची ६ मा रहेको प्रदेश सरकारको अधिकारको सूची बमोजिम यस मन्त्रालयले मुख्यत: शान्ति सुरक्षा¸ प्रदेश प्रहरी¸ प्रदेश अनुसन्धान ब्युरो¸ विपद् व्यवस्थापन¸ द्वन्द्व व्यवस्थापन¸ कानून¸ न्याय¸ सञ्चार, यातायात व्यवस्थापन तथा प्रदेश सभा मामिला सम्बन्धी कार्य गर्दछ ।

नेपाल सरकार¸ मन्त्रिपरिषदको मिति २०७४/१०/३ गतेको निर्णय वमोजिम मोरङ जिल्लाको विराटनगरलाई तत्कालीन प्रदेश नं. १ को अस्थायी राजधानी कायम गरिएकोमा यस मन्त्रालय बिराटनगर महानगरपालिका वार्ड नं. १०¸ सोमबारे हाट नजिक रहेको छ । यस मन्त्रालयको अस्थायी संगठन संरचना अनुसार मन्त्रालयको प्रशासनिक प्रमुखको रुपमा प्रदेश सचिव रा.प. प्रथम(प्र.) रहने व्यवस्था भएको। यस मन्त्रालयमा ५ वटा महाशाखाहरु (प्रशासन तथा योजना महाशाखा, यातायात व्यवस्था महाशाखा, शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन महाशाखा, सञ्चार तथा सूचना प्रविधि महाशाखाकानून तथा प्रदेश सभा मामिला महाशाखा)¸ माननीय मन्त्रीज्यूको निजी सचिवालय र १२ वटा शाखाहरु समेतमा गरी ५९ जना कर्मचारीको दरबन्दी रहेको छ ।