पृष्ठभूमि

हाम्रो बारेमा

नेपालको संबिधान २०७२ को भाग १३ धारा १६२मा प्रदेश कार्यपालिका सम्बन्धी ब्यबस्था भए बमोजिम प्रदेश नं.१ मन्त्रिपरिषदको गठन संविधानको धारा १६८ अनुसार मिति २०७४/११/३ गते भएको हो । नेपालको सविंधानको अनुसूची ६ मा रहेको प्रदेश सरकारको अधिकारको सूची बमोजिम यस मन्त्रालयले मूख्यत शान्ति सुरक्षा¸ प्रदेश प्रहरी¸ प्रदेश अनुसन्धान ब्युरो¸ बिपद ब्यबस्थापन¸ द्वन्द ब्यबस्थापन¸ कानून¸ न्याय¸ सञ्चार तथा प्रदेश सभा मामिला र प्रदेश कर्मचारी प्रशासन सम्बन्धी कार्य गर्दछ ।

प्रदेश नं. १ को अस्थायी राजधानी नेपाल सरकार¸ मन्त्रिपरिषदको मिति २०७४/१०/३ गतेको बैठकबाट तोके अनुसार यो मन्त्रालय बिराटनगर महानगरपालिका वार्ड नं. १०¸ सोमबारे हाट नजिक रहेको छ । यस मन्त्रालयको अस्थायी संगठन संरचना अनुसार प्रदेश सचिव रा.प. प्रथम(प्र)¸ ३ वटा महाशाखाहरु (प्रशासन योजना तथा बिपद ब्यबस्थापन महाशाखा¸ सुरक्षा समन्वय महाशाखा र कानून तर्जुमा महाशाखा)¸ माननीय मन्त्री ज्यूको निजी सचिवालय र ६ वटा शाखाहरुमा समेतमा गरी ३८ जना कर्मचारी दरबन्दी रहेको छ ।

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय. कोशी प्रदेश, नेपाल.